


सूचिकृत हुन आह्वान गरिएको सूचना
भेरी वातावरणीय विशिष्टता समूह (BEE-Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई लुम्बिनी, सुदुरपश्चिम, र कर्णाली प्रदेशमा मानवअधिकारको संरक्षरण र प्रवद्र्धन, स्वास्थ्य र पोषण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशिलता, खानेपानी सरसफाई र स्वच्छता, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो ।
यस संस्थाले आ.व. २०८३/०८४ का लागि बाँके, बर्दिया र कैलाली जिल्लामा तपशिल बमोजिमका सामग्री आपूर्ति गर्न वा सेवा प्रदान गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिक सेवा प्रदायक एवम् आपूर्तिकर्ताको सूची तयार गर्नका लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन पेश गर्नका लागि यो सूचना आह्वान गरिएको छ ।
तपशिल
१. होटेल, सेमिनार हल एवम् आवास उपलब्ध गराउने ।
२. यातायात तथा ढुंवानीका लागि चारपाङ्ग्रे गाडी उपलब्ध गराउने ।
३. तालिम तथा गोष्ठी सहजकर्ता – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आधारभूत प्राथमिक उपचार, विपद् स्वयम् सेवक परिचालन, समुदाय स्तरिय खोज उद्धार, पूर्वसूचना प्रणाली, जलवायुमैत्री कृषि प्रविधी, एकिकृत शत्रुजीव व्यवस्थापन, मौसमी तथा वेमौसमी तरकारी उत्पादन, ब्राण्डिङ्ग र बजारीकरण, अधिकारमुखी विकासको अवधारणा तथा पैरवी, नेतृत्व विकास, लैङ्गिक समता तथा सामाजिक समावेशीकरण, आदि ।
४. सामग्री आपूर्तिकर्ता तथा मर्मत सेवा – कार्यालय र तालिम गोष्ठी सञ्चालन स्टेशनरी, छपाई, विजुली बत्ति, इनभर्टर, एयर कन्डिसनर मर्मत तथा सामग्री आपूर्ति, कम्प्युटर तथा प्रिन्टरको मर्मत तथा सामग्री आपूर्ति, खानेपानी आपूर्ति, शौचालय सरसफाई तथा मर्मत सेवा र सामग्री आपूर्ति, कृषि उत्पादनसँग सम्बन्धित विउँविजन, मल, कृषि औजार आपूर्ति तथा प्राविधिक सेवा प्रदायक, विपद् जोखिम न्यूनीकरण तथा खोज उद्धारसँग सम्बन्धित सामग्री, आदि ।
निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरुः
१. फर्मको लेटरहेडमा सूचीकृत गरीपाउँ भन्ने निवेदन, फर्मको सम्पर्क ठेगाना, मोवाई नं. र इमेल ठेगाना ।
२. फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी ।
२. मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी ।
३. आ.वं. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपी ।
४. सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
शर्तहरु
१. सूचिकृत फारामका लागि संस्थाले उपलब्ध गराएको इमेल ठेगानामा अनुरोध गरी वा कार्यालयमा उपस्थित भई वा बोलपत्र नेपालको लिंक https://drive.google.com/file/d/1BFSwYZ4TRIEIDGL3j7XBRrO8lFRR1ML6/view?usp=sharing मा क्लिक गरेर पनि प्राप्त गर्न सकिने छ ।
२. सूचिकृतका लागि अनुरोध गर्दा संलग्न गर्नुपर्ने कागजात अनिवार्य समावेश गर्नुपर्नेछ । अन्यथा संस्थाले सूचिकृत प्रक्रियामा समावेश गरिने छैन ।
३. म्याद नाघी वा रीत नपूगी आएका निवेदन उपर कुनैपनि कारबाही गरिने छैन ।
४. सूचिकृतका लागि निवेदन पेश गर्ने अन्तिम मिति २०८३ साल श्रावण १९ गते मंगलबारसम्म रहेको छ र कार्यालय समयभित्र बुझाईसक्नुपर्ने छ । यदि निवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन बुझाउन सकिने छ ।
५. प्राप्त निवेदनलाई स्वीकृत गर्ने नगर्ने सर्वाधिकार संस्थामा नीहित हुनेछ । अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
सूचिकृत फारम प्राप्त गर्ने र पेश गर्ने ठेगानाः
भेरी वातावरणीय विशिष्टता समूह (BEE-Group),
नेपालगञ्ज उप–महानगरपालीका वडा नं. १२, बेलासपुर, बाँके
सम्पर्क नं.: ०८१–५५०२९५, ९८५८०२१०३३
Email: beegroupnpj@gmail.com