


जन जागरण यूवा क्लब (JJYC) बारा
कलैया उपमहानगरपालिका -१, बारा
मौजुदा सुचि दर्ता गर्ने सम्वन्धि सुचना
प्रथम पटक प्रकाशित मिति २०८३/०४/०५
जन जागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मु–नाफा रहीत संस्था हो । गरिबी मुक्त, आर्थिक र समाजिक रुपमा सशक्त, मौलिक अधिकार र मर्यादाको बारेमा सचेत समुदायको परिकल्पना गरेको छ । मधेश प्रदेशका विपन्न, समस्यामा परेका र जोखिममा परेका जनतालाई बिशेषगरी सीमान्तकृत जनता, महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको जीवनयापन र अवस्थालाई दिगो बनाउन आवश्यक सहयोग प्रदान गरि सामाजिक र आर्थिक रुपमा सहयोग र विकास गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।
यस कार्यालयले आ.व. ०८३/०८४ का लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित सामाग्री तथा सेवाहरु आपुर्ति गर्न सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ क तथा सार्वजनिक खरिद नियमावली २०६४ संशोधन समेतको नियमावली १८ वमोजिम मौजुदा सुचिमा दर्ता हुन इच्छुक इजाजत प्राप्त आपुर्ति कर्ताहरुले प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र रितपुर्वक संस्थाको फारम भरी हार्ड कपिसहित सुचिदर्ता गराउनका लागि यो सुचना प्रकाशन गरिएको ब्यवहोरा जानकारी गराईन्छ । सुचिकृत सम्बन्धि लिंकबाट फारम डाउनलोड गर्न सकिने वा संस्थाबाट वाट प्राप्त गर्न सकिन्छ ।
तपसिल
➢ कार्यालय प्रयोजनका लागी स्टेशनरी र मसलन्द सम्बन्धि विभिन्न सामाग्रीहरुको थोक तथा खुद्रा बिक्रेता
➢ कार्यालय प्रयोजनका लागी आवश्यक सामाग्री ढुवानी,यात्रुवाहक सवारी जस्तै स्करपियो, सुमो, हायस, बास, EV तथा Air Ticketing गर्ने Tours & Travels Company
➢ कार्यालय प्रयोजनका लागी आवश्यक निर्माण सम्बन्धि हार्डवेयर तथा सेनेटरीका सामाग्रीहरु बिक्रि तथा मर्मत सम्बन्धि कार्यहरु आपुर्तीकर्ता, पसल,थोक तथा खुद्रा बिके्रता
➢ कार्यालय प्रयोजनका लागी आवश्यक विभिन्न इलोक्ट्रोनिक तथा इेलक्ट्रीक सम्बन्धी सामाग्रीहरु खरिद तथा मर्मत सम्बन्धि कार्यहरु ।
➢ कार्यालय प्रयोजनका लागी आवश्यक गाडी तथा मोटरसाइकलका पार्टपुजा खरिद तथा मर्मत सम्बन्धि कार्यहरु ।
➢ छपाई (Flex ब्यानर, होडिङ्ग बोर्ड, Black & White Print, Color Print, Photo Print, Certificate print, Book & Spiral Binding, IEC Material, Bag, Cap, Book, Diary, T-shirt Print) सम्बन्धि कार्यहरु गर्ने प्रिन्टिङ्ग प्रेस
➢ डेस्कटप कम्पयुटर, ल्यापटप, स्कयानर, प्रिन्टर, DSLR क्यामेरा, Lense, Tab, Software आदी बिक्रि बितरण गर्ने खुद्रा तथा थोक बिक्रेता
➢ Mobile, CCTV, Freeze, LED, Telephone सम्बन्धि आवश्यक पाटपुर्जाहरु बिक्रि बितरण तथा मर्मत कार्यहरु गर्ने पसल, थोक तथा खुद्रा बिक्रेता
➢ चिया, नास्ता, खाना, आवाश, हल तथा तालिम, गोष्टि संचालनका लागि होटेल, रिर्सोट तथा साना खाना तथा खाजा पसल
➢ फर्निचर तथा फर्निसिङ्गका सामाग्रीहरु बिक्रि बितरण तथा मर्मत सम्बन्धि कार्यहरु फर्निचर, स्टिल पसल, थोक तथा खुद्रा बिक्रेता ।
➢ संस्थाको चल अचल सम्पती तथा कर्मचारीहरुको Non-life Insurance गर्ने Insurance Company
➢ विपद जोखिम न्युनीकरण सम्बन्धी स्वास्थ औजार, औषधी तथा सामाग्रीहरु आपुर्ती गर्ने आपुर्तीकर्ता, पसल, थोक तथा खुद्रा बिक्रेताहरु ।
➢ स्रोत व्यक्ति, परामर्शकर्ता, खोज तथा अनुसंधानकर्ता तथा सिपमुलक तालिम संचालन गर्ने व्यक्ति, कम्पनी वा संस्था ।
➢ सुचना प्रकाशन (पत्र पत्रिका, अनलाइन पोर्टल, रेडियो प्रसारण तथा भिडियो डकुमेन्टि)« गर्ने व्यक्ति, रेडियो एफ.एम., कम्पनी वा संस्था ।
➢ कृषि उपज तथा बिउ बिजन, सामाग्रीहरु र कृषि मेशिनरी औजारहरु आपुर्ती तथा बिक्रि बितरण गर्ने आपुर्तीकर्ता पसल, थोक तथा खुर्दा बिके्रता
➢ पशु चौपाया पालन तथा बिक्री बितरण, पशु औषधी, विउ विजन तथा मल खाद्य बिक्रि बितरण गर्ने फर्म, आपुर्तीकर्ता, पसल, थोक तथा खुद्रा बिक्रेता ।
➢ विभिन्न खेलकुदका सामाग्रीहरु सम्बन्धि कार्यहरु बिक्री बितरण गर्ने पसल, आपुर्तीकर्ता, थोक तथा खुद्रा बिक्रेता
➢ रेडिमेड कपडा, कपडा, बिधालय पोशाक, व्याग, जुता, मोजा खरिद तथा सिलाई सम्बन्धि कार्यहरु टेलर्स, बुटिक, कपडा पसल, रेडिमेड पसल, थोक तथा खुद्रा बिक्रेता ।
➢ भौतिक निमार्ण जस्तै खाने पानी ट्यांकी निर्माण, सौचालय निर्माण, स्थान घर निर्माण, प्लेटफर्म ढलान, चापाकल तथा बोरिङ्ग जडान आदि सम्वन्धि कार्य गर्ने व्यक्ति तथा कम्पनी
➢ फलफुल तथा तरकारी बिक्रि बितरण गर्ने आपुर्तीकर्ता, पसल, थोक तथा खुद्रा बिक्रेता
➢ खद्यान, किराना,पार्चुन, डेरी तथा खुद्रा सामाग्रीहरुको बिक्रि बितरण पसल, थोक तथा खुद्रा बिक्रेता
आवश्यक कागजातहरू
अन्य जानकारीहरु :
बिस्तृत जानकारीको लागी
जन जागरण युवा क्लव (JJYC) बारा
कलैया उपमहानगरपालिका–१, मोतिवाग, बारा
सम्पर्क नं. ९८०१०२६११३
Email:- procurement@jjycbara.org.np