


उपरोक्त सम्बन्धमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा एक स्वतन्त्र गैरसरकारी संस्था हो। यस संस्थाले आफ्नो मुख्य कार्यालय पोखरा–१३, कास्की तथा शाखा कार्यालयहरू ललितपुर, भक्तपुर, नेपालगञ्ज (कार्य क्षेत्र बाँके र बर्दिया), तुल्सीपुर, दाङ, नलगाड, जाजरकोट र पुनर्वास, कञ्चनपुर का लागि आर्थिक वर्ष २०८३/८४ मा आवश्यक पर्ने वस्तु तथा सेवाहरू खरिद गर्न सेवा प्रदायकहरूको सूचिकरण गरी कोटेशन आह्वानमार्फत खरिद गर्ने भएकोले तपशिल बमोजिमका वस्तु तथा सेवा प्रदायक संघ/संस्था तथा फर्महरूबाट सूचिकरण तथा कोटेशनका लागि आवेदन आह्वान गरिन्छ।
सेवा तथा सामग्री खरिद सम्बन्धी कार्यहरू
१. कार्यालय मसलन्द, स्टेशनरी तथा अन्य कार्यालय सामग्री आपूर्ति
२. कृषि औजार, पशु स्वास्थ्य सम्बन्धी औषधि, बीउबिजन, मल, कीटनाशक औषधि तथा सर्जिकल सामग्री आपूर्ति
३. हार्डवेयर सामग्री (निर्माण सामग्री, सिमेन्ट, रड, जस्तापाता, तार जाली, रंगरोगन, सिँचाइ सामग्री आदि) आपूर्ति
४. किराना सामग्री (चामल, दाल, नुन, खाने तेल, चिनी, साबुन तथा अन्य आवश्यक सामग्री) आपूर्ति
५. कम्प्युटर, ल्यापटप, CCTV, फोटोकपी, प्रिन्टर, इन्टरनेट, टेलिफोन सेवा तथा मर्मत एवं जडान सम्बन्धी सेवा
६. छपाइ सम्बन्धी कार्य (कपी, ब्यानर, ब्रोसर, पोस्टर, किताब, टी–सर्ट, ब्याग आदि), मायाको चिनो, होर्डिङ बोर्ड तथा लेखन कार्य
७. पत्रपत्रिका /अनलाइन विज्ञापन, एफ.एम. रेडियो तथा टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण, कुरियर सेवा, हवाई टिकट (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय), सवारी साधन भाडा सम्बन्धी सेवा
८. पूर्वाधार निर्माण - भवन निर्माण, शौचालय निर्माण, खानेपानी ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार, धारा जडान, मर्मत सम्भार सम्बन्धी कार्य
९. आवासीय होटल तथा रेष्टुरेन्ट सेवा (तालिम, बैठक तथा सेमिनारका लागि आवाससहित)
१०. बाख्रा तथा बोका आपूर्ति, बाख्रापालनका लागि आवश्यक दाना, चोकर, पराल, विभिन्न प्रजातिका घाँस तथा फलफूलका बिरुवा/बीउ आपूर्ति।
११. चारपाङ्ग्रे गाडी तथा मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति।
१२. इलेक्ट्रोनिक्स, विद्युतीय उपकरण खरिद, मर्मत तथा जडान सम्बन्धी सेवा।
१३. संस्थाको अन्तिम लेखापरीक्षण तथा सामाजिक लेखापरीक्षण सम्बन्धी सेवा।
१४. स्वास्थ्य तथा दुर्घटना बीमा, सम्पत्ति तथा सवारी साधन बीमा सम्बन्धी सेवा।
१५. भिडियो डकुमेन्ट्री, कन्टेन्ट क्रिएसन, Website निर्माण तथा सुधार सम्बन्धी सेवा।
आवश्यक कागजातहरू
१. कम्पनीको प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि।
२. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।
३. कम्पनी दर्ता प्रमाणपत्र (नवीकरण सहित) को प्रतिलिपि।
४. आफूले प्रदान गर्न चाहेको वस्तु तथा सेवाको विवरणसहित सूचिकरणका लागि निवेदन तथा कोटेशन (सूचिकरण तथा मूल्यसूची फाराम) तल उल्लेखित इमेलमा अनुरोध गरी वा उपलब्ध लिंकमार्फत डाउनलोड गरी प्राप्त गर्न सकिनेछ
Vendor Registeration Form: Click to Download / Click to View
Quotation Items & Type: Click to Download / Click to View
पेश गर्ने अन्तिम मिति :- अगस्ट ७, २०२६ (Submission Date Extended) भित्र संस्थाको मुख्य कार्यालय, पोखरा–१३, कास्की, सम्बन्धित शाखा कार्यालय वा HR@ahtcs.org.np मा इमेलमार्फत पठाउन सकिनेछ।
थप जानकारी
१. म्याद नाघी प्राप्त भएका, आवश्यक कागजात पूरा नभएका निवेदनहरू उपर कुनै कारबाही गरिने छैन।
२. संस्थाको लागि दैनिक सेवाका लागि वस्तु तथा सामग्रीहरूको मूल्यसूची फाराम तलको लिंकमा राखिएको छ ,बाँकी वस्तु तथा सेवाका लागि सेवा प्रदायकले आफूले प्रदान गर्ने वस्तु तथा सेवाको मूल्यसूची तयार गरी पठाउन सकिनेछ त्यसैगरी बाँकी सूचीकृत भएका व्यक्ति, फर्म/संस्था वा कम्पनीहरूसँग प्रचलित नियमानुसार लिखित दर रेट माग गरी कार्यालयको आवश्यकताअनुसार सामान, आपूर्ति, मर्मत, परामर्श सेवा तथा अन्य सेवा खरिद गरिनेछ।
३. सूचिकृत फर्म, संस्था, कम्पनी वा व्यक्तिले सन्तोषजनक सेवा वा सामग्री आपूर्ति नगरेको अवस्थामा विद्युतीय / लिखित जानकारी दिई वा नदिई सूचिबाट हटाउन सकिनेछ।
आवेदन स्वीकृत गर्ने, रद्द गर्ने, आवश्यक सामग्री वा योजनामा थपघट गर्ने तथा यस सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार पशु स्वास्थ्य तालिम तथा परामर्श सेवामा निहित रहनेछ।
खरिद समिति
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा