


फेज नेपाल
सामग्री तथा सेवा आपूर्तिकर्ताहरुलाई सूची दर्ताको लागि आव्हान
(प्रथम पटक प्रकाशित मिति २०८३/०३/३१ )
फेज नेपाल, नेपालका विभिन्न जिल्लाहरुमा स्वास्थ्य, शिक्षा, जिवीकोपार्जन, विपद जोखिम न्यूनिकरण, अनुसन्धान तथा अपाङ्गताको क्षेत्रमा काम गरिरहेको एक गैर सरकारी संस्था हो । यस कार्यालयका लागि आ. व. २०८३/२०८४ मा आवश्यक पर्ने तपशिल बमोजिमका सामग्रि तथा सेवाहरुको आपुर्ती गर्न गराउनको लागी इच्छुक व्यक्ति, दर्तावाल फर्म, संस्था तथा कम्पनीहरुले आफुले प्रदान गर्न सक्ने सेवा तथा कार्यहरुको छुट्टाछुट्टै विवरण उल्लेख गरी मिति २०८३/०४/३१ गते भित्रमा फेज नेपालको तल उल्लेखित कार्यालयको ठेगानामा वा उल्लेखित Email मार्फत आवश्यक कागजातहरु सहित मौजुदा सूचीमा दर्ता गराउनु हुन आह्वान गरिन्छ ।
| S.N. | Category | Category Item |
| 1 | Stationery | मसलन्द र स्टेशनरी सामग्री । |
| 2 | Printing | छपाई सम्बन्धी कामहरु (बुकलेट, प्रोफइल, स्टीकर,क्यालेण्डर, डायरी डिजाइन,फोटोकपि ,फ्याक्स, सम्बन्धी कार्यहरु तथा अन्य । ) |
| 3 | Advertising/Branding | होडिङ र्बोड तथा फलेक्स सम्बन्धी कार्यहरु, सूचना तथा विज्ञापन छपाइ सम्बन्धी |
| 4 | Computer/ Equipments / Accessories | कम्प्यूटर, ल्यापटप, प्रिन्टर, कार्टिज आपूर्ती तथा मर्मत गर्ने । |
| 5 | Electronic Item | मोबाईल, क्यमारा र इलेक्ट्रोनिक सामान (पंखा , हिटर, एयर कण्डिसनर, जेनेरेटर, सोलार बत्ति) र सो सँग सम्बन्धित आपूर्ती तथा मर्मत गर्ने । |
| 6 | Furniture/Fixtures/Wood | फर्निचर तथा फर्निसिङ्ग सामानहरुको आपूर्ती तथा मर्मत गर्ने |
| 7 | Aluminum / Steel / Metal Fabrication | आल्मोनियम र मेटल सम्बन्धी कार्यहरु (झ्याल, ढोका ,बक्स, क्याबिनेट, दराज) आपूर्ती तथा मर्मत गर्ने । |
| 8 | Food / Beverage / Water | पिउने पानी तथा खाद्यन्न सामग्री (दाल, चामल, नुन, तेल आदी) आपूर्ती गर्ने । |
| 9 | Clothing/Textile | कपडा ( Jacket, Raincoat, T–Shirt, Cap, Bag, Towel) आदी आपूर्ती गर्ने । |
| 10 | Kitchen & Household Item | हाइजिन किट (Plastic Bucket, Jug, Soap, Towel) आदी आपूर्ती गर्ने । |
| 11 | Medical/Medicine/Equipment | औषधी (Medicine) तथा प्राथमिक उपचार सामग्री आपूर्ती गर्ने । मेडिकल तथा र्सिर्जकल सामग्री आपुर्ती तथा मर्मत गर्ने । |
| 12 | Agricultural Tools, Equipment & Machine | तरकारी तथा फलफुलका विउविजन, विरुवा तथा कृषी औजार, सामग्रीहरु तथा सिल्पोलीन आदी आlabपूर्ती गर्ने । |
| 13 | Animal & Animal Feeds | विभिन्न प्रकारका उन्नत (अष्टोलार्य, न्यू हेम्पसायर, गीरीराज आदि) कुखराको चल्ला, दाना लगायत सो सँग सम्वन्धित सामग्रीहरु आपूर्ती गर्ने । |
| 14 | Construction Tools | निमार्ण सामग्री (हार्डवयर), रंगरोगनका समग्रीहरु आपूर्ती गर्ने । |
| 15 | Repairs and Maintenance | धारा, सोलार, विद्युतिय सामान, जेनरल वाईरिङ्ग, प्लम्बिङ्ग लगाएत अन्य मर्मत सेवाहरु । |
| 16 | Internet Service Provider | ईन्टरनेट सेवा सम्बन्धी । |
| 17 | Software / IT | वेभसाइट सेवा सम्बन्धी । |
| 18 | Travels /Tour/Ticketing | आन्तरिक तथा वाह्य हवाई टिकट सम्बन्धी (Tours and Travels) |
| 19 | Vehicles/Auto Motors | सवारी साधन, मोटर पाटर्स मर्मत तथा सर्भिसिङ्ग सेवाहरु । |
| 20 | Consulting/Consultant | पशुपक्षी तथा भेटनरी सम्बन्धी सेवा परार्मश तथा आपुर्ति व्यवस्थापन गर्ने । विभिन्न सिपमुलक तथा व्यावसायीक तालीम दिने कृषी सेवा सम्बन्धी परार्मश (Consultant Service ) |
| 21 | Hotel | Restaurants | Venue | तालिम तथा सेमिनारको लागि हल तथा क्याटरिङ्ग सेवा सम्बन्धी । होटल र होम स्टे सेवा । |
| 22 | Insurance | निर्जीवन विमा सम्बन्धी सेवा । |
| 23 | Transport/Courier/Cargo | काठमाण्डौ भित्र वा काठमाण्डौ देखी अन्य स्थानहरुसम्म साना तथा ठुला गाडी भाडामा लिने साथै मालसामान ढुवानी गर्ने, आन्तरिक तथा वाह्य कुरियर तथा कार्गो सेवा । |
| 24 | Surgical and Assistive Devices | Assistive devices (wheel chairs, crutches, walkers, etc.) |
पेश गर्न आवश्यक कागजातहरु :
१) फर्म / संस्था , कम्पनी दर्ता, स्थायी लेखा नम्बर , मू.अ.क दर्ता प्रमाण–प्रत्रको प्रतिलिपिहरु ।
२) आ.व २०८१/८२ को कर चुक्ता प्रमाणप्रत्रको प्रतिलिपि ।
३) निवेदन पेश गर्ने फर्म र संस्था वा कम्पनीले कुन समूह अन्तर्गत सूचीकृत हुन चाहेको हो ? स्पष्ट खुलेको पत्र वा निवेदन ।
४) विगतमा सम्बन्धित समूह अन्तर्गतका कार्यहरु सफतापूर्वक सम्पन्न गरेको प्रमाणित विवरणहरु ।
५) प्रचलित कानुन बमोजिम अयोग्य नभएको, कालोसुचीमा नपरेको व्यहोरा फर्म, कम्पनी आफैले स्व घोषणा गरी निवेदन साथ संलग्न गर्नुपर्नेछ ।
थप जानकारीहरुः
१) म्याद नाघि पेश भएको, आवश्यक कागजातहरु पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।
२) सूचीकृत भएको आपूर्तीकर्ता फर्म र संस्था वा कम्पनीहरुसंग प्रचलित नियमानुसार लिखित दररेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपुर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद गर्न सकिनेछ ।
३) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरुले सन्तोषजनक सेवा तथा सामान आपूर्ति नगरेको खण्डमा लिखित जानकारी दिई सूचीकृतबाट हटाउन सकिनेछ । यस उपर कुनै दावी बिरोध गर्न पाईने छैन ।
४) फर्म र संस्था वा कम्पनीहरु सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
५) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरुको नामावली यस कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
(अन्य विस्तृत जानकारीको लागी कार्यालय समयमा यस सँस्थाको कार्यालयमा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ ।)
फेज नेपाल,
केन्द्रिय कार्यालय,
बन्दोबस्ती शाखा - Logistics Department
Email : procurement@phasenepal.org or logisticphase@gmail.com
सुर्यबिनायक–०४, दधिकोट, भक्तपुर ०१–६६३४०३८ / ०८९